स्कुल हिडेका २ छोरिको बाटो मै मृ”त्यु हुँदा परिवारमा रु’वाबासी ? (भिडियो सहित )

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ ।घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

टिपरको ठक्करबाट रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टी र ४ वर्षीया श्रेयाको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुबा रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

सृष्टि कक्षा २ मा पढ्थिन्। श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन्। दुबै छोरीलाई घिसिङ सधैं मोटरसाइकलमा राखेर बस स्टपसम्म जान्थे। सृष्टि र श्रेया पढ्ने सोही नगरपालिका-४ मा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुल हो।चालकको लापरावाहीका कारण दुर्घटना भएको र बालिकाको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले टिपरमा आ’गज’नी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। ।

स्थानीय बासिन्दाले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । घटनास्थलमै शव छाडेर स्थानीयको प्रदर्शन बढ्दै गएपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई कि’चेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ ।

‘उकालो बाटोमा मोटरसाइकल गइरहेको, ब्याक गरिरहेको टिपरले पछाडि मोटरसाइकललाई ठक्कर दिएको देखिन्छ।’गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेका अनुसार घिसिङका दुई छोरी मात्रै थिए। खेती किसान गर्ने

घिसिङको परिवारमा श्रीमती र दुई छोरी थिए।अर्को टिपरलाई साइड दिन ब्याक गरिरहेका टिपरका चालकले पछाडि मोटरसाइकल आएको देखे वा देखेनन् उनै जानुन्,’ चालिसेले भने, ‘ए … ए भनेर कराउँदा कराउँदै टिपरले मोटरसाइकललाई ठक्कर दिएको रहेछ।मोटरसाइकल टिपरसँग ठक्कर खाएपछि दुई बालिका हुत्तिएर टिपरको पांग्रामा परेका थिए। घटनापछि टिपर चालक भागेका छन्। उनलाई प्रहरीले खोजी गरिरहेको छ। भिडियो हेर्नुस –

प्रतिक्रिया दिनुहोस