एकैछिन अगाडी आफैले खुवाएर स्कुल पठाएका २ छोरीको टिप्परले ठक्कर दिएर मृत्यु भएपछि आमाको बेहाल, रुँदैरुँदै भुइँमै ढलिन (भिडियो सहित)

काठमाडौं :टिपरको ठक्करबाट स्कूल हिँडेका दुई बालबालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल त’नावग्र’स्त बनेको छ ।
गोकर्णेश्वर नगरपालिका-१ , मेलम्ची चोकमा आज बालुवा लोड गरिएको बा. ४ ख ६९६५ नम्बरको टिपरले बा. ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टी र ४ वर्षीया श्रेयाको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुबा रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

सृष्टि कक्षा २ मा पढ्थिन्। श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन्। दुबै छोरीलाई घिसिङ सधैं मोटरसाइकलमा राखेर बस स्टपसम्म जान्थे। सृष्टि र श्रेया पढ्ने सोही नगरपालिका-४ मा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुल हो।

चालकको लापरावाहीका कारण दुर्घटना भएको र बालिकाको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले टिपरमा आ’गज’नी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। ।

स्थानीय बासिन्दाले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । घटनास्थलमै शव छाडेर स्थानीयको प्रदर्शन बढ्दै गएपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई कि’चेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ ।

‘उकालो बाटोमा मोटरसाइकल गइरहेको, ब्याक गरिरहेको टिपरले पछाडि मोटरसाइकललाई ठक्कर दिएको देखिन्छ।’गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेका अनुसार घिसिङका दुई छोरी मात्रै थिए। खेती किसान गर्ने घिसिङको परिवारमा श्रीमती र दुई छोरी थिए।

‘अर्को टिपरलाई साइड दिन ब्याक गरिरहेका टिपरका चालकले पछाडि मोटरसाइकल आएको देखे वा देखेनन् उनै जानुन्,’ चालिसेले भने, ‘ए … ए भनेर कराउँदा कराउँदै टिपरले मोटरसाइकललाई ठक्कर दिएको रहेछ।’

मोटरसाइकल टिपरसँग ठक्कर खाएपछि दुई बालिका हुत्तिएर टिपरको पांग्रामा परेका थिए। घटनापछि टिपर चालक भागेका छन्। उनलाई प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस