आज फेरी बढ्यो सुनको मूल्य, यसरी कारोबार हुदैछ बजार भाउ

सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँमा काराेबार भइरहेकाे छ । चाँदीको भाउ भने १० रुपैयाँ घटेको छ । बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ ।

याे पनि,हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८९ पैसा र बिक्री दर १३५ रुपैयाँ ५६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ १० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ दुई पैसा र बिक्री दर ९१ रुपैयाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ५४ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ ९४ पैसा र बिक्री दर नाै रुपैयाँ ९९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ सात पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २९ पैसा र बिक्री दर ३२ रुपैयाँ ४५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १६ पैसा र बिक्री दर ३३ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ एक पैसा र बिक्री दर १० रुपैयाँ छ पैसा कायम भएको छ

प्रतिक्रिया दिनुहोस