सरकारले फेरि बढायो गाडी भाडा, आईतबार देखि नै लागू हुने

काठमाडौं,व्यवसायीको चर्को दबाबपछि सरकारले पुनः भाडा वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट लामो दूरीको सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय भएको हो ।सरकारले पेट्रोलियमपदार्थको मूल्यवृद्धि भएकाले भाडा समायोजन गर्न लागिएको जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले मन्त्रालयले भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको भन्दै आइतबारसम्म समायोजन गरिने बताएका छन् ।

‘व्यवसायीले भाडा समायोजन गर्न माग गर्दै आउनुभएको छ, मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति आएको छ,’ उनले राजधानीसँगभने ।विभागका महानिर्देशक घिमिरेले अहिले कुनै जिल्ला वा ठाउँ विशेषका लागि नभएर अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा ढुवानीका साधनमा मात्र भाडा समायोजन गरिने बताएका छन् । अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर आइतबार सार्वजनिक गरिने घिमिरेले बताएका छन् ।

आइतबारदेखि नयाँ भाडादर : महानिर्देशक घिमिरे
भाडा समायोजनअन्तर्गत कति वृद्धि गर्ने भन्ने टुंगो लाग्न बाँकी छ । विभागले अहिलेसम्म ३४ प्रतिशत डिजेलमा मूल्यवृद्धि भएकाले त्यसलाई आधार मानेर वृद्धि गरिने जनाएको छ ।संघ सरकारले लामो दूरीको भाडा बढाएपछि प्रदेश सरकारहरूलाई पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउन बाटो खुल्नेछ । संघको निर्णयसँगै छोटो तथा मध्यम दूरीको सवारीसाधनको भाडा पनि वृद्धि हुने देखिएको छ ।

याे खबर राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस