फिल्ममा फर्किन तौल घटाउँदै प्रियंका !

कोरोनाको दोस्रो लहर सुरु भएर फेरि बन्दाबन्दी भएपछि प्रियंकाले आमा बन्ने निर्णय गरिन् । यस वर्षको असोजमा छोरीलाई जन्म दिएकी उनी अहिले आमाको जिम्मेवारी निर्वाह गरिरहेकी छन् । फिल्ममा धेरै पटक आमाको चरित्र बाँचिसकेकी उनले वास्तविक जीवनमा पहिलो पटक आमाको अनुभव गर्न पाउँदा खुसी देखिएकी छन् ।

उनले सन्तानको हेरचाहमा कुनै कमी राखेकी छैनन् ।आमा भएपछि प्रायः महिलाहरुको तौल बढ्ने गर्छ । सुत्केरी खानेकुराले प्रियंका कार्की पनि निकै मोटाएकी छन् । फिल्म ‘लक्का जवान’ मा काम गर्ने समयमा उनी ५०/५५ केजीको आसपास थिइन् । तर, आमा बनेपछि उनी सय केजीको नजिक पुगेकी छिन् ।

छोरी हुर्किँदै गएपछि भने उनले आफ्नो तौल घटाउन थालेकी छन् । उनले एक महिनादेखि खानपिनमा विशेष ध्यान दिएकी छन् ।मंगलवार इन्स्टाग्राम स्टोरीमार्फत् प्रियंकाले गएको तीन हप्तामा आफ्नो साढे ५ केजी तौल घटेको जानकारी दिएका छन् ।

आफ्नो शरीरलाई पुरानै स्वरुपमा ल्याएर उनी काममा फर्किने योजनामा रहेको बुझ्न सकिन्छ ।विवाहअघि उनले फिल्म ‘लक्का जवान’ मा काम गरेकी थिइन् । यो फिल्म कोरोनाले गर्दा प्रदर्शनमा आउन सकेको छैन । विवाहपछि उनले नयाँ फिल्म साइन गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस