म्यादी प्रहरीको भर्ना छनौटमा जिन्स पाइन्टमा एक किलोको ढक राख्ने युवक प्रहरी नियन्त्रणमा

कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ।१ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पुर्‍याउन खोजेको

र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए ।उनको वास्तविक तौल ४८ किलो भएकाले म्यादीमा भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्‍याउन उनले यस्तो गरेको प्रहरी ले बताएको छ ।घटनाको विषयमा थप अनुसन्धान जारी रहको छ। कपिलवस्तु मा १९२९ म्यादी प्रहरीका लागि दुई गुना बढी अर्थात् ६९०० ले आवेदन दिएको जनाइएको छ । जसमा १४५४ महिला रहेका छन् ।

यो पनि पढ्नु होस् -शिक्षा दिने कतिपय शिक्षकनै विद्यार्थीलाई बलात्कार गरेको घटनामा मुछिरहेका छन् । जुन पदीय मर्यादाविपरीतको आपराधिक घटना हो । यस्तै घटनासँग सम्बन्धित एउटा मुद्दा अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार दर्ता भएको छ ।उक्त बलात्कारसम्बन्धी मुद्दाको प्रतिवादी भने २७ वर्षीय ठाकुरप्रसाद भुसाल हुन् । उनको पेसा शिक्षण हो ।

कक्षा १० मा उनले पढाउने विषय ‘शिक्षा’ हो । सोही कक्षामा पढ्ने एक विद्यार्थीलाई बलात्कार गरेर गर्भपतन गराएको आरोप उनीमाथि छ ।सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको आधारमा तयार गरेको अभियोगपत्रमा ती विद्यार्थीको बयान उल्लेख भएअनुसार भुसालले गत १९ पुसमा ‘नोटकपी’ लिन बोलाए । बोलाएको स्थान विद्यार्थीको घरदेखि पैदल ५–७ मिनेटको दुरीमा पर्छ । समय साँझको करिब ६ बजे ।

प्रतिक्रिया दिनुहोस