मलाइकाले बाथरुमबाट निस्किएर पाइन्ट माथि सार्न बिर्सिएपछि…

कोरोनाभाइरसको ड र मानिसहरूको मनमा थप गहिरिँदै छ । फेस मास्क लगाउनेदेखि बारम्बार हात धुनेसम्म सबैले पूर्ण सतर्कता अपनाइरहेका छन् । अब नायिका मलाइका अरोडाले आफूमाथि घटित भएको एउटा घटना सेयर गरेकी छिन् ।

मलाईकाले लेखेकी छिन्, ‘पहिला जब मानिसहरु घरमा आउँथे तब हामीले ‘कुकुरलाई भ्याक्सिन लगाएको छ, नड राउनुस्’ भनिन्थ्यो । अब म उनीहरूलाई भन्छु ‘नड राउनुस्, हामीले भ्याक्सिन लगाइसकेका छौँ ।’

मलाइकाले थपिन्, ‘हामी सबै पागल भइसकेका छौँ । एक पटक एउटा रेस्टुरेन्टको बाथरुममा गएकी थिएँ । मैले कुहिनोले बाथरुमको ढोका खोलेँ । मैले आफ्नो खुट्टाले टोइलेटको सिट उठाएँ । मैले टिस्युको मद्दतले पानीको धारा खोलेँ । आफ्नो हात धोएँ ।’

‘त्यसपछि पुनः बाहिर निस्कनका लागि कुहिनोले बाथरुमको ढोका खोलेँ र जब म फर्किएर टेबलमा आएपछि मलाई महसुस भयो कि मैले आफ्नो पाइन्ट त माथि नै सार्न बिर्सिएछु ।’ योसँगै उनले हाँसेको इमोजी राखेकी छिन् ।

स्मरण रहोस्, सन् २०२० को सेप्टेम्बर ७ मा मलाइकाले कोरोनाभाइरस पोजेटिभ भएको खबर इन्स्टाग्राममा सेयर गरेकी थिइन् । त्यसपछि उनी होम क्वारेनटिनमा बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस