शाहरुख खानसंग भएका यी ४ महङ्गा चिज जुन अरु अभिनेतासंग छैन

एजेन्सी – बलिउडका राजा तथा चर्चित अभिनेता शाहरुख खानले बलिउड प्रवेश गर्नुअघि ५० रुपियाँ भारतीय रकम लिएर काम गरेका थिए । उनी हाल बलिउडका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनीसँग अहिले १०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीजहरु छन् ।

मन्नत : मिडिया रिपोर्टका अनुसार मुम्बईस्थित शाहरुख खानको घरको मूल्य २०० करोड रुपियाँभन्दा बढी रहेको छ । उनले उक्त घर सन् २००१ मा घर खरिद गरेका थिए । उनले उक्त घरको नाम ‘विला वियेना’ राखेका छन् । जुन नाम परिवर्तन गरेर उनले ‘मन्नत’ नाम राखे । उनको घरमा सबै सुख, सुविधासहित स्वीमिङ पुल, जिम, ओडिटोरियम, मिनि थिएटर र लाइब्रेरी जस्ता सुविधाहरु रहेका छन् ।

लण्डनमा रहेको लग्जरी भिला : उनको मुम्बईमा मात्र होइन विदेशमा पनि भव्य बंगला रहेको छ । उनको सेन्ट्रल लण्डनको पार्क लेन इलाका भव्य बंगला रहेको छ । उक्त बंगलाको मूल्य २०० करोडभन्दा बढी छ ।

रेड चिली इन्टरटेनमेन्ट : शाहरुख खान र गौरी खानको स्वामित्वमा रहेको ‘रेड चिली इन्टरटेन्टमेन्ट’ देशकै ठूलो वीएफएक्स र प्रोडक्शन कम्पनीहरुमा एक हो । यो कम्पनी सन् २००२ मा स्थापना भएको उक्त कम्पनीले ‘रा–वन’, ‘माइ नेम इज खान’, ‘डियर जिन्दगी’ जस्ता फिल्महरु बनिसकेको छ । उनको यो कम्पनीको मूल्य अहिले ५०० करोडभन्दा बढी रहेको छ ।

कोलकाता नाइट राइडर्स : फिल्मका साथ साथै शाहरुखको लगानी खेलमा पनि रहेको छैन । मिडिया रिपोर्टको अनुसार शाहरुख खानले कोलकाता नाइट राइडर्स टीममा खानको लगानी ५५ प्रतिशत हिस्सा रहेको छ । सन् २०१९ मा टिमको कुल मूल्य ६३० करोड रहेको छ ।

तेस्तै , किन एकसाथ काम गर्दैनन् शाहरुख र अक्षय ?
एजेन्सी – बलिउडमा सुपरस्टार हुन्, शाहरुख खान र अक्षय कुमार । यी दुवैले अहिलेसम्म कुनै प्रोजेक्टमा एकसाथ काम गरेका छैनन् । यसको एउटा कारण शाहरुख खान आफैले खुलाएका छन् ।

एक अन्तरवार्तामा शाहरुख खानले अक्षयसँग काम नगर्नुको कारण एक अर्काको जीवनशैली भएको बताएका थिए । उनले अक्षय र आफ्नो जीवनशैली बिलकुलै फरक भएको समेत बताएका थिए ।शाहरुख खानका अनुसार अक्षय बिहान एकदमै छिट्टो उठ्ने र उनलाई राति अबेरसम्म शुटिङ गर्न मन नपर्ने र शाहरुख खानको सुत्ने समयमा अक्षयको उठ्ने समय हुने पनि उल्लेख गरे । यद्यपि, शाहरुख खान अक्षय कुमारसँग काम गर्न चाहान्छन् ।

प्रतिक्रिया दिनुहोस