हिरासतमा रहेका पललाई देखेर पलका‘रुम पार्टनर’हरूले कारागार प्रशासनसँग यी कुरा खोलिदिएपछि….

नाबालिका कर णी आराेपमा जेलमा रहेका अभिनेता पल शाहकाे निवेदन उपर उच्च अदालत पाेखरामा केहि दिन पहिले पहिलाे सुनुवाई भएकाे छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे । जिल्ला अदालत तनहुँले धराैटीमा रिहाइकाे आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पाेखरामा आवेदन दिएका हुन् ।

प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएकाे थियाे । सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकाेमा अदालतले थप अनुसन्धानकाे लागि पुर्पक्षमा पठाउने आदेश दिएकाे थियाे । जिल्ला अदालतकाे आदेशबाट असन्तुष्ट भएकाे भन्दै पलले उच्च अदालतमा निवेदन दिएका हुन् ।

उनले आफू बाहिरै बसेर मुद्दा ल’ड्न पाउनुपर्ने माग पनि गरेका छन् । उच्च अदालतमा भएकाे सुनुवाईपछि अदालतले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेकाे सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

पुर्पक्षका लागि थुनामा राखिएका अभिनेता पल शाह तनहुँ जिल्ला कारागारको नयाँ भवनमा छन्। त्यहाँका हरेक ब्लकमा ३० जनाका दरले कैदीबन्दी अट्छन्। तर पल शाहलाई राखिएको ‘बी’ ब्लकमा २० जना मात्रै छन्। कारागारको यो नयाँ भवन हो। दुईतले भवनको माथिल्लो तलामा सुत्ने/बस्ने व्यवस्था छ भने तल्लो तलामा खाना खाने, खेल्ने र लाइब्रेरी।

शाह कारागारको बन्दी बनेको केहि दिन मात्रै भयो। तर उनका ‘रुम पार्टनर’हरूले कारागार प्रशासनसँग भनेका छन्, ‘उहाँ त कस्तो फ्र्यांक हुनुहुँदो रहेछ। कति छिटो घुलमिल हुनु भो!’

यो तीन दिनमै उनी आफ्नो ब्लकका अन्य कैदीबन्दीसँग घुलमिल भइसकेका हुन्। करिब ५ सय पुस्तकसहितको लाइब्रेरी छ। बेलाबेला पुस्तक पढ्छन्। तर उनलाई आफन्त भेटघाटमै भ्याइनभ्याइ हुन्छ। भेटघाटबाट बचेको समय क्यारम बोर्ड खेल्छन्। ब्लकभित्र चेस खेल्ने सुविधा पनि छ।

कारागार प्रशासनले उनलाई सकेसम्म भेटघाट कम गर्न र आफ्ना निकटलाई मात्रै बोलाउन भनेको छ। ‘तपाईंलाई भेट्न खोज्नेजति सबैलाई भेट्नु पर्दैन, जसलाई तपाईंले पनि चिन्नहुन्छ उनीहरूलाई मात्रै भेट्नु भनेका छौं’, प्रशासनका एक कर्मचारीले भने, ‘हामी सबै उस्तै हो भनेका रहेछन्। उहाँको नर्मल बानी देखेर ब्लकका सबै खुसी छन्। उहाँ सेलेब्रिटी त हो, तर कानुनका हिसाबले एउटै नजरबाट हेर्नुपर्छ हामीले।’

उनलाई भेट्न जाने नातागोता आफन्तहरूलाई सहजै भेटघाट गर्ने वातावरण बनाउन प्रशासनले भनेको छ। उनी बस्ने ब्लकमा थरीथरी मुद्दाका कैदीबन्दी छन्। जिल्ला कारागारले मुद्दाअनुसार छुट्टाछुट्टै कैदीबन्दी राख्ने गरेको छैन। कारागारमा १३ महिलासहित २५७ जना कैदीबन्दी छन्।

प्रतिक्रिया दिनुहोस