‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो : बाबुराम

काठमाडौं, चुनावी कार्यक्रममा देश दौडाहा गर्ने क्रममा सोमबार बिहान तीन जना नेताहरुको त्रिभुवन विमानस्थलमा भेट भयो। कुनै समय एकै पार्टी माओवादीमा रहेका डा बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाको भेट भएको हो।

भेटपछि उनीहरुले सामूहिक तस्विर खिचे। जुन डा भट्टराई र थापाले फेसबुकमा सेयर गरेका छन्। हाल जसपाका संघीय परिषद् अध्यक्ष रहेका डा भट्टराईले एअरपोर्टमा भएको संवाद उल्लेख गर्दै तस्विर पोष्ट गरेका हुन्। तस्विरको क्याप्सन लेख्दै उनले भनेका छन्, ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो!’

हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेकी रेखा थापा ‘नलाउ माया दुईतिर’ भन्ने गीतमा तत्कालीन माअओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एउटै मञ्चमा नाचेकी थिइन्। त्यसपछि माओवादी प्रवेश गरेकी थिइन्। पुन भने अहिले पनि माओवादी केन्द्रमै छन्।

दीपेन्द्रको एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर
मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्र्तराष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटर बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बने ।

यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित सतकीय इनिङ खेलेका दिपेन्द्र नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् ।यस सूचीकाे दोस्रो स्थानका पारसको सात सय ९९ रन छ । तेस्रो नम्बरका ज्ञानेन्द्र मल्लको सात सय ४८ रन छ ।यस्तै, ओपनर कुशल भुर्तेल ५ सय ७३ रन सहित चौथो स्थानमा छन् । उनी ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने आइसिसी एसोसियट राष्ट्रको छैटौं खेलाडी समेत बने ।

प्रतिक्रिया दिनुहोस