देशैभर माओवादी केन्द्रले कम्तिमा दुई सय पालिकामा प्रमुख जित्छ : वर्षमान पुन

काठमाडौं।नेकपा माओबादि केन्द्रले नेपालि काँग्रेशसँग चुनाबि गठबन्धन गरेसँगै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तिमा दुई सय पालिकामा प्रमुख जित्ने दाबी गरेका छन् ।

आज पार्टी सम्बद्ध प्रेस सेन्टर नेपालको उपत्यका प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले विनागठबन्धन कम्तिमा दुई सय तह जितेर माओवादी वामपन्थी दलहरुमा पहिलो पार्टी हुने बताए।

छ हजार सात सय ४३ वटै वडाको मत विश्लेषणको प्रारम्भिक रिपोर्ट सुनाउँदै नेता पुनले केही शहरी इलाकामा बाहेक गत स्थानीय तह निर्वाचनमाभन्दा माओवादीको अवस्था सबैतिर सुदृढ रहेको जानकारी दिए । चुनावी तयारीका क्रममा देशभरबाट प्राप्त रिपोर्टका आधारमा माओवादीले यसअघि दोस्रो भएका ७४ स्थानमा सजिलै जित्ने अवस्था देखिएको पनि उनले सुनाए।

गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रले एसक सय १६ वटा पालिका र १३ सयबढी वडा जितेको थियो । माओवादी सांगठनिक हिसाबले सबैभन्दा कमजोर भएको भनिएका बेला प्राप्त उक्त नतिजा यसपटक बढ्ने नेता पुनको भनाइ छ ।

२०७४ सालको चुनावमा माओवादीसँग जम्मा तीन लाख पार्टी सदस्य रहेकोमा अहिले बढेर आठ लाख पुगेकाले दुई सय पालिका जित्न माओवादीलाई कुनै पार्टीसँग गठबन्धन गर्नु आवश्यक नपर्ने पनि नेता पुनको दाबी छ । यद्यपि गठबन्धन हुँदा सिट संख्या बढ्ने भएकाले आफूहरु गठबन्धनको पक्षमा उभिएको पनि उहाँले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस