ओलीको टिप्पणी– भ्युटावरको विरोध गर्नेले भीमसेन थापालाई पनि मूर्ख भन्छन् !

काठमाडौं,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्युटावरको विरोध गर्नेले भीमसेन थापालाई समेत मूर्ख भन्ने टिप्पणी गरेका छन् ।आज (बुधबार) काठमाडौंमा एमाले निकट उद्योग व्यवसायी महासंघको महाधिवेशनलाई संबोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भ्युटावरको विरोध गर्ने सत्ता गठबन्धन दलका नेताहरूले धरहरा बनाएकामा भीमसेन थापालाई समेत मूर्ख भन्ने बताए ।

यस्तै, आफुले अफ्ठ्यारो र अवरोधका बीच पनि विकासका कामहरुको जग बसाउन सफल भएको दाबी गरे ।ओलीले गठबन्धनका नेताहरूले योजनामा परेका बाटा, अस्पताल, कलेज बनाउने योजना रद्द गरेर नबनाउने कसम खाएको आरोप समेत लगाए । फोटोफिचर

प्रतिक्रिया दिनुहोस