घरमा कोही नभएको मौका छोपी गहना लुटपाटपछि ….

उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनकाे गयराति हत्या भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ ।

मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा हत्या गरी छाडेको पाइएकाे श्रीमान बच्चुलाल चौधरीले बताए । घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा हत्या गरेको हुन सक्ने बताइएको छ ।

श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका बच्चुलाल घर फर्किदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए । दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन् ।

घटना स्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो । मृतक चौधरीको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेकाे छ।घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

याे पनि,सर्लाहीमा गोली प्रहार गरी १ जनाको हत्या
सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस