अस्ट्रेलियाले युक्रेनलाई १५ करोड डलर सहयोग गर्ने, पठायो तीन सैन्य बख्तरबन्द गाडी

काठमाडौं, अमेरिकापछि अस्ट्रेलियाले पनि युक्रेनलाई झन्डै १५ करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। रुसले यक्रुेनलाई आक्रमण गरेको ४० दिनभन्दा बढी भइसकेको अवस्थामा अस्ट्रेलियाले सहयोगकको घोषणा गरेको हो। यस क्रममा रसविरुद्ध लड्न अस्ट्रेलियाले युक्रेनलाई तीन बख्तरबन्द सैन्य ट्रक पठाएको पनि जानकारी दिएको छ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सहयोगको अपिल गरेपछि अस्ट्रेलियाले त्यहाँ २० बख्तरबन्द गाडी पठाउने भएको हो। त्यस्ता ट्रक सर्वसाधारणलाई युद्धग्रस्त क्षेत्रबाट सुरक्षित स्थानमा लैजान सजिलो हुनेछ। युद्धमै पनि त्यस्ता सवारी प्रयोग हुनेछन्। जेलेन्सकीले गत हप्ता आस्टेलियको संसदमा भिडियो कन्पफ्रेसमा सम्बोधन गरेका थिए ।

जेलेन्सकीले कुराकानी गरेको अस्टेलिया २० औँ देश हो । अस्ट्रेलियाले सहयोग गर्ने रकम मानवीय सहायतासँगै सैन्य उपकरणमा खर्च हुनेछन्। बीबीसी

याे पनि,पशुपति धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा सरकारले लगायो ताला
पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको होटेलको मूलगेटमा पशुपति क्षेत्र विकास कोषले ताला लगाएको छ। नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो ।

ताला लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो। तर, बतास समूहले कोषको टोलीलाई मूलगेटमै रोकेर भित्र जान दिएन । होटेलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले ताला लगाउनुपरेको कोषले जानकारी दिएको छ ।

कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोधसमेत गरेको छ। होटेलका कर्मचारीले कोषका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएपछि कोषले बाहिरी गेटमा ताल्चा लगाएर सूचना टाँसी फर्किएको छ। अनुगमनका क्रममा पुगेका कोषका पदाधिकारी र होटेलका कर्मचारीबीच शुक्रबार पनि विवाद भएको थियो ।

यसअघि गत बिहीबार पर्यटनमन्त्री प्रेमबहादुर आले कोषका पदाधिकारीसहित धर्मशाला पुगेका थिए । त्यसबेला पनि बतास समूहका कर्मचारीले अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस