यसपाली कुनै हालतमा प्रचण्डलाई चुनाव हराउनु पर्छ – रेखा थापा

काठमाडौं । राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनको चुनावी कमाण्डर अभिनेत्री रेखा थापालाई तोकेको छ। राप्रपाले स्थानीय तहको निर्वाचन तयारीका लागि देशभर केन्द्रीय प्रतिनिधि खटाएको हो ।

बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उम्मेदवार छनोट, विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। केन्द्रीय सदस्यसमेत रहेकी थापाले चितवनको कमाण्ड सम्हाल्दै चुनावी प्रचारमा होमिने छिन्।

त्यसैगरी एमाले अध्यक्ष केपी ओली एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको जिम्मेवारी उपाध्यक्ष विक्रम पाण्डेलाई दिइएको छ। चितवनमा प्रचण्डलाई चुनौती दिने पाण्डेले ओलीको प्रभाव रहेको झापामा राप्रपाको पक्षमा माहोल सिर्जना गर्नेछन्।

प्रवक्ता ज्ञानेन्द्र शाही कालिकोटमा खटिनेछन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रेम बलायरलाई खटाइएको छ। माधव नेपालको गृहजिल्ला रौतहटमा रामप्रताप साह भोलालाई खटाइएको छ।

स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जनजागरण, आफ्नो टोलमा पुगौं, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम सञ्चालन गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार चैत २८ गते देशका सबै जिल्लाका सदरमुकाममा एकैदिन जनताको माझमा राप्रपा, घरदैलो अभियानको शुभारम्भ गरिनेछ। जिल्लाका सदरमुकाममा गरिने शुभारम्भ कार्यक्रम गर्दा साना ठूला आमसभा, कोणसभा गरिनेछ।

म माओवादीको मात्र हैन देशकै अध्यक्ष हु

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको प्रशंसा गरेका छन् । भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेयरमा सकारात्मक सोच मात्रै भेटेको बताए हुन् ।

‘मैले भरतपुर महानगरपालिकाको मेयरको दिमागमा जतिबेला पनि भरतपुर महानगर र त्यो परिवारप्रति जहिले पनि सकरात्मक सोच मात्र भेटेँ’, उनले भने । कांग्रेस र एमालेका जनप्रतिनिधिले समेत गरेको सहयोग र सकारात्मक सोचका कारण महानगरको विकासले तीव्रता पाएको उनले बताए ।

भरतपुर महानगरपालिकालाई छिमेकी देशहरूले विशिष्ट महानगरको रुपमा हेरेको समेत उनले बताए । ‘हाम्रो छिमेकीदेखि टाढा–टाढाका मित्रहरुले पनि भरतपुरलाई विशिष्ट महानगरको रुपमा हेरेका छन्’, उनले भने ।

स्थानीय तह र प्रदेश तथा संघको चुनावमा फरक पार्टीसँग गठबन्धन गर्नुपरेको परिस्थितिमा समेत भरतपुर महानगरको टिम अक्षुण रहेको उनले बताए ।

राष्ट्रिय राजनीतिकमा उतारचढाव आइरहे पनि भरतपुर महानगरकी मेयरले टिमलाई एकढिक्का बनाइराख्न भूमिका खेलेको भन्दै उनले आफ्नी छोरीको प्रंशासा गरे ।

शिलान्यास कार्यक्रममा बोल्ने केहि वक्ताले महानगरमा देखेको विकासको बारेमा पनि बोल्न हिच्किचाएको भन्दै उनले भने, ‘केहिले त यो भएन पो भन्न थाल्नुभो । झण्डै ४१ किमी रिङरोड बनिसक्या छ । बन्दै बनेन पो भन्नुभो । भनेपछि साथीहरूलाई चुनाव लागेछ । विकास लागेनछ ।’

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद समेत रहेका प्रचण्डले ९४ करोड ३२ लाख ३० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । सात कठ्ठामा निर्माण हुने ६ तले नयाँ प्रशासनिक भवन आगामी साढे दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ

प्रतिक्रिया दिनुहोस