पल शाह पुर्पक्षका लागि थुनामा गएपछि पहिलो पटक बोले दुर्गेश ‘मेरो छोराको कसम, पल जेल जाँदा मेरो आँशु झरेको छ’ (भिडियो हेर्नुस्)

काठमाडौ । अभिनेता पल शाह एक किशोरीलाई कर णी गरेको अभियोगमा अहिले पुर्पक्षका लागि थुनामा छन् । तनहुँ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्नु अघि अभिनेता थापाले केही अडियो सार्वजनिक गरेका थिए । त्यसमा उनले आफु निर्दोश रहेको र केही आफ्नै साथीहरुले षडयन्त्र गरेको बताएका थिए । अडियोमा गायक तथा कलाकार दुर्गेश थापा, पलका म्यानेजर कृष्ण जोशी लगायत ४ जनाको आवाज सुनिन्थ्यो ।

त्यो अडियोमा ति किशोरीको पनि आवाज थियो । जसमा पल विरुद्ध षडयन्त्र गरेको प्रष्ट बुझ्न सकिन्थ्यो । त्यस यता पल शाहले आफैले भाइ समेत मानेका दुर्गेशले निकै धेरै आलोचना सहे । पलका म्यानेजर कृष्णले पनि त्यसपछि विभिन्न युट्युव च्यानलमा अन्तरवार्ता दिने क्रममा आफुहरुले पल विरुद्ध षडयन्त्र गरेको र त्यसमा सबै भन्दा ठूलो भूमिका दुर्गेशको रहेको बताए ।

त्यसपछि दुर्गेशले थप आलोचना सहे । अहिले पल शाह पुर्पक्षका लागि थुनामा पुगेपछि पहिलो पटक दुर्गेश थापा मिडियामा सार्वजनिक भएका छन् । उनले अभिनेता पल शाहलाई फसाउन आफूले षड्यन्त्र गरेको प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएका छन्। उनले आर्टिस्ट खबरसँग कुरा गर्दै आफूले पलविरुद्ध कुनै जालसाँझी नगरेको बरु उनलाई ज्यादै माया गर्ने मान्छे भएको जिकिर गरेका छन्।

‘अहिले पनि ऊसँग कुरा हुन्छ, उसले मलाई सम्झाउँछ, मैले उसलाई सम्झाउँछु। म उसलाई के नै भन्न सक्छु र– नआत्तेऊ, सब कुरा ठीक हुन्छ, ढिलोचाँडो हो’, दुर्गेशले अन्तर्वार्तामा भनेका छन्, ‘उसले पनि मलाई सम्झाउँछ, बीचमा मिस(अन्डरस्ट्यान्डिङ भएर सबै यस्तो भयो। ल तिमी पनि नआत्तेऊ, सबै ठीक हुन्छ भन्ने कुरा हुन्छ।’

उनले पलसँग मात्र होइन, उनको परिवारसँग समेत आफ्नो कुरा भइरहेको दाबी गरेका छन्। पलसँग मात्र होइन फ्याम्लीसँग पनि कुरा हुन्छ। उहाँको एउटा छोरा हो, उहाँलाई सम्झाउँछु’, उनले भनेका छन्।

निकै भावुक मुद्रामा प्रस्तुत भएका दुर्गेशले अन्तर्वार्तामा भनेका छन्, ‘होइन पललाई मा रेर, फसाएर मलाई मिल्छ के ? भगवान् कसम, मेरो छोराको कसम, पल जेल जाँदा, पललाई हत्कडी लाउँदा मेरो आँशु झरेको छ। म यति माया गर्ने मान्छे हो पललाई।’ उनले अहिले पनि आफ्नाबारे छानबिन गर्न चुनौती दिँदै षड्यन्त्र प्रमाणित भए अहिले पनि जेल जान तयार रहेको बताएका छन्।

‘मेरो दोष भएको भए अहिले पनि लैजानुस्। म जान तयार छु। छानबिन गरियोस्, म षड्यन्त्रकारी हो भने मलाई लैजानुस्। म रेडी छु’, उनले भनेका छन्, ‘एउटा साथीलाई मैले मा र्नै लागेको रहेछ, षड्यन्त्र गरेको रहेछ भने मेरो फोनदेखि कल डिटेल सबै चेक गर्नुस्, म अझै जान तयार छु।’

प्रतिक्रिया दिनुहोस