अभिनेता पलका शुभचिन्तकका लागि दुःखको खबर,नवलपुर अदालतबाट पनि थुनामा राख्ने आदेश (भिडियो सहित)

नाबालिग माथि बला”त्कार अ”भियोग लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत पूर्वी नवलपरासीले आदेश दिएको छ। मुद्दा किनारा लगाउने समयसम्मका लागि थुनामै राखेर अनुसन्धान जारी राख्न अदालतले बुधबार आदेश दिएको हो।

न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। शाहलाई बुधबार बेलुकी तनहुँतर्फ पठाइएको छ। शाहलाई वैशाख ७ मा पूर्वीनवलपरासीस्थित अदालत हाजिर हुन पनि भनिएको छ।

शाहविरूद्ध अधिकतम १४ वर्ष कैद सजाय माग गर्दै अ’भियोग पत्र अदालतमा दर्ता भएको थियो। ना’बालिग गायिकाको परिवारले फागुन ११ गते उजुरी दिएपछि बे’पत्ता भएका शाह १५ गते तनहुँ प्रहरीमा आ’त्मसमर्पण गर्न पुगेका थिए।

पीडित परिवारले नवलपुर प्र’हरीमा पनि १५ गते जाहेरी दिएका थिए। यसअघि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पनि शाहलाई थुनामा राख्न आदेश दिएको थियो। शाहमाथि तनहुँ र पूर्वीनवलपरासीमा मुद्दा परेको थियो। शाहलाई तनहुँ का’रागारमा राखिएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया दिनुहोस