एकीकृत समाजवादी लोकप्रिय बन्दै गएपछि ओलीको निन्द्रा हराम भएको छ : अध्यक्ष नेपाल

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी लोकप्रिय बन्दै गएपछि केपी ओलीको निन्द्रा हराम भएको बताउनुभएको छ ।

सोमबार बागलुङमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका कार्यकर्ता जति सबै नेकपा (एस)मा आउन थालेको उहाँले दाबी गर्नुभयो ।

आफूहरूले लामो समय संघर्ष गरेर स्थापित गरेको पार्टी केपी ओलीले जाल, झेल र षड्यन्त्र गरेर कब्जा गरेको आरोप लगाउनुभयो ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई सिध्याउन खोजेको आरोप लगाउँदै आफूहरू एकताबद्ध भएर जोखाएको बताउनुभयो ।

एमालेले वामपन्थीहरूसँग तालमेल नगरी अहिले पनि जारावादी र विदेशी दलाल पार्टीसँग चोचोमोचो मिलाई रहेको आरोप लगाउनुभयो ।ओली भ्रष्टचारीको नाइके भएको आरोप लगाउँदै काम केही नगर्ने तर जनतालाई भ्रममा पार्ने गरिरहेको उहाँको भनाइ छ ।

नेपालले सबै जिल्ला र प्रदेशमा एकीकृत समाजवादीको संगठन मजबुत बन्दै गएको भन्दै गण्डकी प्रदेशमा एक जना सांसद नजिकको रहेकोमा उहाँको पनि सातो गएर एमालेमै टाँसिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस