एक्कासि श्रीमानको पेट फुलेर भकुण्डो जस्तो भयो, श्रीमती रुदै चिन्तित

गुल्मीको सदरमुकाम तम्घासको बसपार्कमा बस्दै आएको एक परिवार । परिवारका मुख्य सदस्य ४७ वर्षीय रोशन पाण्डेलाई एक वर्ष अगाडी ग्यास्ट्रीक भएको थियो ।त्यस बेलादेखि अहिलेसम्म आइपुग्दा उनको पेट फुलेर निकै ठूलो भएको छ ।ग्यास्ट्रीक नभएर त्यो अन्य कुनै अर्कै रोग रहेछ ।

उपचार गरिरहदा पेटबाट निकै धेरै पानी निस्कने गरेको छ ।दैनिक जस्तो ४ लिटर पानी उनको पेटबाट निकालिदै आएको छ ।उनलाई यतिबेला बाँच्नै पनि गाह्रो परेको हामीले जानकारी पाएका छौं ।उपचार निकै नै महङ्गो छ ।अर्काको घरमा भाडामा बसेर छोराछोरी पढाउन र श्रीमानको यस्तो समस्या भएकोले श्रीमती रिता निकै चिन्तित छिन् ।कलेजोको समस्या भएको र कलेजो प्रत्यारोपण गर्न पर्ने कुरा डाक्टरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस