हामीलाई थाहा छ देश कसरी बिकास हुन्छ, कांग्रेसलाई बहुमत दिए देश कयापलट :महामन्त्री गगन थापा

काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन्। ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदि देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ,’ बाँकेको कोहलपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने।

कांग्रेसले अबको पाँच वर्षमा देशमा परिवर्तन ल्याउने थापाले ठोकुवा गरे। आसन्न निर्वाचनका विषयमा पार्टीभित्र विभिन्न बहस चलिरहेको भन्दै उनले निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने आम कार्यकर्ताको भावना रहेको बताए।

‘आउँदो चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ भन्ने कार्यकर्ताको भावना छ, तर रुख चिन्हमा भोट हाल्दै गर्दा हामी तलमाथी गर्दैनौं भन्ने प्रतिवद्धता पनि चाहिएको छ।’

पार्टीको निर्वाचन भर्खरै सम्पन्न भएको र आसन्न निर्वाचनमा जित्ने ब्यक्तिले सबैलाई समेटेर लैजानुपर्ने बताए। कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ गाउँसम्म पुगेको भन्दै कांग्रेसले वास्तविक कुरा जनतालाई बुझाउन सुरु गरेको बताए। ‘काम गर्ने एउटा, बोल्ने अर्को कम्युनिष्टको चरित्र हामीले देखिसक्यौं,’ महामन्त्री थापाले भने।

प्रतिक्रिया दिनुहोस