युक्रेनले पुटिनका नजिकका साथीलाई पनि लियो आफ्नो कब्जामा , युक्रेनले रुससँग राख्यो यस्तो शर्त !

काठमाडौं । युक्रेनले रुससँग चलिरहेको युद्धको बीचमा विपक्षी नेता भिक्टर मेदवेदचुकलाई हिरासतमा लिएको दाबी गरेको छ। युक्रेनको खुफिया एजेन्सी एसबीयूले केही तस्विरहरू पनि जारी गरेको छ, जसमा मेदवेदचुक हातकडी लगाएको देखिएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि मेदवेदचुकको गिरफ्तारीको बारेमा बोलेका छन्। मेदवेदचुकलाई रुस समर्थक नेता मानिन्छ। उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पनि निकट रहेको बताइएको छ

भिक्टर मेदवेदचुकलाई गत वर्ष देशद्रोहको आरोपमा घरमै नजरबन्द गरिएको थियो। मेदवेदचुक यस वर्षको फेब्रुअरीमा भागेका थिए। अहिले युक्रेनले उनलाई फेरि हिरासतमा लिएको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मेदवेदचुकको रिहाइको बदलामा युक्रेनी नागरिक र सैनिकलाई रिहा गर्ने प्रस्ताव गरेका छन्।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मेदवेदचुकलाई हिरासतमा लिएको तस्बिरहरू आफूले देखेको बताएका छन्। तर, उनले भिक्टर मेदवेदचुकलाई पक्राउ गरेको पुष्टि भने गरेका छैनन् । धेरै फेक न्युज चलिरहेकाले यो तस्वीरमा कति सत्यता छ भन्न नसकिने उनको भनाइ छ ।

भिक्टर मेदवेदचुक युक्रेनका सांसद र विपक्षी पार्टी फर लाइफका नेता हुन्। फर लाइफलाई रुसले समर्थन गरेको मानिन्छ । जेलेन्स्कीले रुस समर्थक भएको भन्दै गत महिना प्रतिबन्ध लगाएका ११ राजनीतिक दलहरूमध्ये फर लाइफ पनि एक हो। मेदवेदचुक पुटिनको नजिक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस