पशुपतिको जलहरीमा भेटियो सुन कम, दिनहुँ जलले नुहाउँदा पखालेर घटेको दाबी

पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ । जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (आईतबार) जलहरीको नापजाँच गरेको थियो । पशुपतिको जलहरीमा कूल एक सय सात केजी ९५३ ग्राम सुन हुनुपर्नेमा आधा केजी सुन कम पाइएको हो ।

काठमाडौं । पशुपतिनाथको जलहरीमा झण्डै ४२ लाखको सुन कम भेटिएको छ । आइतबार पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी लगायतको टोलीले गरेको जलहरी जाँचका क्रममा झण्डै आधा केजी सुन कम भएको पाइएको हो ।

पशुपतिको जलहरी प्रकरणमा अख्तियारले चासो देखाएसँगै आइतबार जाँचका क्रममा पशुपतिमा राखिएको जलहरीमा कुल १०७.७६ केजि सुन हुनुपर्नेमा १०७.४६८७ केजि सुन भेटिएको हो ।

जलहरीमा प्रयोग भएको सुनमध्ये १०७.९५३ केजी सुन २४ क्यारेट सुन हो । जसमा तामापितल थप गरी २२ क्यारेटको १०७.७६ केजि सुन जलहरीमा प्रयोग भएको थियो । तर, जाँचका क्रममा पशुपतिनाथको जलहरीमा झण्डै आधा केजि सुन कम भेटिएको हो ।

यता पशुपति क्षेत्र विकास कोषले भने दिनहुँ दही तथा जलले नुहाउँदा पानिले पखालेर आधा केजी सुन घटेको दाबी गरेको छ । पशुपतिनाथको जलहरी प्रकरणमा सुन हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघले पनि दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस