प्रधानमन्त्रीलाई खनालको चेतावनीः आजै मन्त्रिमण्डल हेरफेर नभए गम्भीर कदम चाल्छौँ

काठमाण्डौँ । एकीकृत (समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मन्त्रीमण्डल फेरबदलको विषयलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवालाई चेतावनी दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले आजै नयाँ मन्त्रीको सपथ नभए प्रधानमन्त्रीविरुद्धमा गम्भीर कदम चाल्ने चेतावनी दिएका हुन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै खनालले भने ‘अब पनि मन्त्रिमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प छैन । नयाँ मन्त्रीले सकेसम्म आज शपथ खानुपर्छ। प्रधानमन्त्रीले आज कदम चाल्नुपर्छ। आजपनि कदम चाल्नु भएन, ढिला भयो भने प्रधानमन्त्रीको बारेमा पनि हामीले के गर्नुपर्ने भन्ने सोच्नुपर्छ।’

‘सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले निर्णय गरेको छ। पोलिटब्यूरोले निर्णय गरेको छ, केन्द्रीय कमिटीले निर्णय गरेको छ, यी सबै कुरालाई अस्वीकार गर्ने हो भने हामीले थप गम्भीर कदम चाल्नु बाहेक अर्को विकल्प छैन’ उनले थपे ।
खनालले ‘आफूहरुले निर्णय गरिसकेको बताउँदै निर्णय कार्यान्वयन नगर्नेलाई पार्टीले विधान बमोजिम कारबाही गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस