प्रधानमन्त्री शेरबहादुर देउवाले सिमा बिवादमा नरेन्द्र मोदीलाई नेपाली भूमि फिर्तागर्न माग गर्दै यसरी थर्काएका थिए

भाषण गर्दागर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले थर्काए नरेन्द्र मोदीलाई नेपाली भूमि फिर्तागर्न माग नगरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी हेर्नुहोस भिडीयो सहित् ।

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल–भारत सीमाका विषयमा द्विपक्षीय संयन्त्रमार्फत् समाधान गर्नका लागि आग्रह गरेको बताएका छन् । शनिबार हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग सीमा विषयका बारेमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत् समाधान गर्नका लागि आग्रह गरेको बताएका हुन् ।

पत्रकार सम्मेलनका क्रममा देउवाले भारतको आर्थिक रुपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको धारणा राखे । उनले नेपाल र भारत सडक र रेल जस्ता सम्पर्क सञ्जाल सम्बन्धी परियोजनाहरूमा थप प्रगति हुनेमा विश्वस्त रहेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने सवारी गुड्ने पुलको निर्माण र नेपालमा मलनिर्यात् गर्ने सम्बन्धी केही समय पहिले भएको समझदारी भएको र यसको सफल कार्यान्वयनमा जोड दिएको जानकारी दिए । उनले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन दुई जना सहमत भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिए ।

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समक्षकी शेरबहादुर देउवाको भारत भ्रमणले दुई देश बिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । देउवा र आफूबीच नेपाल र भारतका सम्बन्धका विविध पक्षका बारेमा छलफल भएको उनले बताए ।

त्यस्तै मोदीले नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा साझेदारी हुनुपर्नेमा जोड दिए । सो क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले सोलु करिडोरको प्रसारण लाइनको उद्घाटन गरेका थिए । त्यस्तै उनीहरुले करियो झण्डा देखाएर जनकपुर जयनगर रेल सेवा उद्घाटन् पनि गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न चार वटा सम्झौता भएको छ । दुई देशबीच नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञतासम्बन्धी सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस