स्थानीय चुनावमा माओवादीसँगको गठबन्धन टुटेको कांग्रेसको घोषणा !

काठमाडौं –स्थानीय चुनावमा तालमेल गर्ने सत्तारुढ दलहरुको सहमतिलाई तल्लो तहसम्म कार्यन्वयन गर्न समस्या भइरहेको छ । सत्तारुढ गठबन्धनका दलहरुबीच जिल्ला स्तरमा सहमति जुट्न नसकेपछि धेरैजसो ठाउँमा गठबन्धन टुटेको छ ।

लगातार पाँच दिनसम्म संखुवासभाको खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेको हो ।शुक्रबार बसेको बैठकमा पनि भागबण्डाको कुरा नमिलेपछि गठबन्धनका नेताहरु बिना निष्कर्ष उठेर हिँडेका एक नेताले बताए ।

माओवादी केन्द्रसँग गठबन्धन हुने सम्भावना सकिएको गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले बताए ।माओवादीसँग अब गठबन्धन नहुन्े तर तर बाँकी दलहरुसँग छलफल हुने खड्काले बताए ।

माओवादी केन्द्रले आफ्नो मतभार भन्दा बढी भाग खोजेपछि तालमेलबारे सहमति जुट्न नसकेको उनले बताए ।माओवादी केन्द्र बाहेक नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग भने जिल्ला स्तरमा छलफल हुने उनले बताए ।

माओवादी केन्द्रका केन्द्रीय एवम् संखुवासभा इन्चार्ज राजेन्द्र कार्कीले पनि जिल्ला स्तरमा तालमेलको सहमति जुट्ने सम्भावना सकिएको बताए ।कांग्रेसको अन्तरविरोधका कारणले तालमेलमा सहमति नजुटेको,

तर औपचारिक रुपमै गठबन्धन टुटेको निष्कर्षमा भने आफूहरु नपुगेको उनको भनाई छ ।कांग्रेस नेताहरुले भने सहमति जुटाउन बसेको बैठकबाटै माओवादी केन्द्र गठबन्धन नरहने भन्दै निस्केकाले अब छलफल नहुने बताएका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् संखुवासभा इन्चार्ज हेमराज घिमिरेले भने अझै पनि पाँच दलीय गठबन्धन जोगिने बताउँछन् ।गएको २०७४ को निर्वाचनमा संखुवासभामा कांग्रेसले दुई नगरपालिका सहित ५ स्थानीय तह जितेको छ । बाँकी स्थानीय तह नेकपा एमालेले जितेको छ । संखुवासभामा ५ नगरपालिका र ५ गाउँपालिका छ ।

प्रतिक्रिया दिनुहोस