फिल्मको चर्को विरोध भएपछि आदिपुरुषको कमाई स्वात्तै घट्यो, आठौँ दिनमा ३.२५ करोडमा खुम्चियो

मुम्बई :भारत र नेपालमा नै विवादित बनेको भारतिय फिल्म ‘आदिपुरुष’को कलेक्सन एक सातामा स्वात्तै घटेको छ। विवादमा फसेको फिल्मले हलमा दर्शकलाई तान्न नसकेको छैन। नेपालमा मात्र नभएर भारतका फिल्म हलमा दर्शक नआएपछि आठौ दिनमा ३.२५ करोडमा सिमित भएको छ।

हलमा दर्शकको चाप खटेपछि निर्माताले २२ र २३ जुनको लागि टिकटको रकम घटाउने बताएका थिए । उनले दर्शक तान्ने जुक्ती पनि फेल खाएको छ । उनको उपहार ल्याउने यो फन्डाले पनि काम नगरेपछि निर्माता निराश बनेका छन् ।
आठौँ दिन मात्र ३.२५ करोड कमाएको आदिपुरुषको कुल कमाई २६३.१५ करोड पुगेको छ । अबका फिल्ममा फिल्मले भारतमा ३०० करोडको आँकडा पार गर्ने नगर्नेमा निर्माण टिमले अन्योलमा रहेका छन्।

भारतिय मिडियाका अनुसार फिल्मको पहिलो कलेक्सन ८६.७५ करोड, दोस्रो दिन ६५.२५ करोड, तेस्रो दिन ६९.१ करोड, चौथो दिन १८ करोड, पाँचौँ दिन १०.७ करोड, छैटौँ दिन ७.२५ करोड सातौँ दिनमा ४.८५ करोड कमाई गरेको थियो ।

यसपछि पहिलो साता भारतमा फिल्मको कुल कमाई २५९.९ करोड पुगेको छ । आदिपुरुषको विश्वव्यापी बक्स अफिस कलेक्शन भने ४०० करोड नाघेको छ । नेपालमा गत शुक्रबार हलमा लागेको फिल्म तेस्रो दिनपछि बन्द गरिएको थियो। नेपालमा अहिले फिल्ममा समावेश एक डाइलकका कारण बन्द भएको थियो।

 

प्रतिक्रिया दिनुहोस