रोधीघरमा बेलुकी बस्न पाएको भए एउटा गीतचाहिँ पक्कै गाउँथे : ओली

काठमाडौ – लमजुङको घलेगाउँ पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोधी घर बस्न मन लागेको बताएका छन् ।शुक्रबार आयोजित एक कार्यक्रममा सहभागी हुन घलेगाउँ पुगेका ओलीले रोधीघर भएको भए आफु राते बस्ने इच्छा देखाएका हुन् ।

देशमा हिंसा फैलिन थालेपछि रोधीघरहरू मासिन थाले बताएका उनले भने, ‘रोधीघर थियो भने मलाई पनि भरे यतै बसूँ कि जस्तो पनि लाग्यो,सेलाएको भए पनि रोधी तताऊँ–तताऊँजस्तो लाग्यो ।

मैले जिन्दगीमा गीत गाएको छैन, तर रोधीघरमा बेलुकी बस्न पाएको भए एउटा गीतचाहिँ पक्कै गाउँथे ।कार्यक्रममालाई सम्बोधन गर्दै ओलीले घलेगाउँलाई स्मार्ट भिलेज बनाउका लागि आवश्यक पर्ने सहयोग गनर्ब आफु प्रतिवद्ध रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस