“प्रधानमन्त्री छ्नोट, गर्ने जिम्मा जनताको भए। तपाईं कसलाई मत दिनुहुन्छ? सहि छ्नोट गर्नुहोस् !

काठमाडौं:-“केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका

साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रियसम्मेलन र सङ्गठन

निर्माण अभियानमा जुटेका छन् ।“नेपाली काँग्रेसका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचना सशक्त, प्रभावकारी र

जनमुखी हुनुपर्ने बताए उनले भने, नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटिरहँदा क्रियाशील सदस्यता वृद्धिसँगै वडा र पालिकाहरूमा पनि पार्टी नयाँ नेतृत्व चयन गरिएको छ पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थिति

ले जनाधार निर्माणमा सहयोग पु-याउँछ । कार्यकर्तामा काँग्रेस धनिनेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ । महाधिवेशनको प्रक्रिया क्रिया शील सदस्यता वितरणबाट सुरु हुन्छ । नेपाली काँग्रेसले

देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ ।कतिपय जिल्लामा ५० प्रति शत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्या लयका सचिव प्रकाश शर्माले जानकारी दिए । शर्माले भने,

‘नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्याआठलाख ७० हजारभन्दा बढी भएको छ । यो सङ्ख्या नयाँ र पुराना क्रियाशील सदस्यसहितको हो ।काँग्रेसले क्रियाशील सदस्य हरूको सूची पार्टीको आधिकारिक वेबसाइटमै राखेको छ

। शर्माका अनुसार, आठ लाख ४० हजार १०६ क्रियाशील सदस्यको नामावली वेबसाइटमा राखिएको छ ।बाँकी क्रियाशील सदस्यको सूची वेबसाइटमा अध्यावधिक गर्ने कार्य चलिरहेको छ । उनले भने, ‘अझै केही, जिल्लाको

क्रियाशील सदस्यको सूची वेबसाइटमा राख्ने काम भइ रहेको छ । विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट पनि क्रियाशील सदस्यको सूची प्राप्त हुँदै छ । क्रियाशील सदस्य सङ्ख्या अझै बढ्न सक्छ ।’ काँग्रेसमा युवाको

आकर्षण पनि वृद्धि भएको तथ्याङ्कले देखाएको छ । क्रियाशील सदस्यहरूमा १६ देखि २५ वर्ष उमेर समूहका ५ प्रतिशत र २६ देखि ४० वर्षसम्म उमेर समूहका झन्डै ३० प्रतिशत क्रियाशील सदस्य छन् “एमालेको आठ लाख

नेकपा (एमाले)ले १०औँ महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको प्रक्रिया चलिरहँदा एमालेले अध्यावधिक गरेको तथ्याङ्कमा पार्टीका सङ्गठित सदस्य आठ लाख ५५ हजार रहेको दाबी गरिएको छ । एमाले सचिव योगेश

भट्टराईले पार्टी फुटको असर खासै नपरेको बताए । उनले पार्टीमा युवाको प्रतिनिधित्व वृद्धि भएको पनि जानकारी दिए उनले भने,नेकपा एमालेमा सङ्गठित सदस्यकोसङ्ख्या आठ लाख ५५ हजारभन्दा बढी छ । त्यसमा पनि ४०

वर्षमुनिका युवाको प्रतिनिधित्व अत्यधिक छ । झन्डै ५० प्रतिशत युवा सङ्गठित सदस्य रहेका छन् ।माओवादीका साढे सात लाख नेकपा (माओवादी केन्द्र)ले पनि सङ्गठन विस्तार तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनको तयारीमा

रहेको माओवादी केन्द्रले वडा तहदेखि नै सङ्गठन निर्माण गरिरहेको छ । माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले पार्टीका सङ्गठित सदस्य सात लाख ५० हजार पुगेको बताए । उनले थप ५० हजार सङ्गठित सदस्य

थपिने बताए । विक्रम संवत् २०७५ देखि ०७८सम्मको चलेको पार्टी एकता र केही क्षेत्रको सङ्गठित सदस्यहरूको तथ्याङ्क अध्यावधिक हुन बाँकी रहेको ढकालले बताए ।“मुख्यसचिव ढकालले भने एमालेसँग एकतापछि सङ्गठन

अस्तव्यस्त भएको थियो । त्योभन्दा अगाडि हाम्रो पार्टीमा सङ्गठित सदस्य सङ्ख्या तीन लाखभन्दा बढी थियो । विभिन्न राजनीतिक दल र सङ्गठनहरूसहित ४५ वटा समूहसँग पार्टी एकता भयो । राष्ट्रिय सम्मेलनमार्फत सबै

सदस्यलाई व्यवस्थापन गर्दा सङ्गठित सदस्य सङ्ख्या सात लाख ५० हजार पुगेकोएक वडा एक हजार : समाजवाद पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा एकीकृत समाजवादीले ‘एक वडा एक हजार पार्टी

सदस्य र एक सय सङ्गठित सदस्य’को अभियान सञ्चालन गरिरहेको छ । एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठन निर्माण का लागि तीनमहिने अभियान सञ्चालन गरिरहेको बताए

। उनले भने, ‘एकीकृत समाजवादीमा झन्डै तीन लाख सङ्गठित सदस्य अहिले पनि छन् । हामी तीनमहिने अभि यानमार्फत छ लाख सङ्गठित सदस्य पुयाउने लक्ष्यका साथ हामी वडा-वडामा पुगिरहेका छौँ राप्रपाले सङ्गठन विस्तार

गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारमात्रै नयाँ नेतृत्व पाएको छ । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको सङ्गठन बलियो बनाउन अभियान थाल्ने बताए । गोरखापत्रसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भने,

‘राप्रपाको देशभरि रहेको सङ्गठनमा अहिले एक लाख ५० हजार सदस्य छन् । साङ्गठनिक संरचना सुदृढ गर्नका लागि अभियान सञ्चालन गर्न नयाँ नेतृत्व प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस