रेल एमालेले किनेको हो , हामीले बोलेको कुरा पुराको छौ अरु पाटि जस्तो गफ दिन जानेको छैनौ : ओली

बैशाख ३ सर्लाही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको रेल एमालेले किनेको दाबी गरेका छन् । आज सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले रेल किन्ने पार्टी एमाले भएको र काँग्रेस र जसपाले रेल नल्याएको बताए ।

उनले मधेशी जनतालाई भ्रमित पारेर, अशान्ति फैल्याएर आफैलाई मसिहा र मुक्तिदाता घोषणा गरेर मधेशवादी दलले जनतालाई झुक्याएको र आफूहरुले अब त्यसलाई मुक्त पारेको बताए ।
सोही कार्यक्रममा जसपाबाट विजयी भएका कविलासी नगरपालिकाका मेयर कौशल किशोर रायसहित विभिन्न पार्टीबाट आएका व्यक्तिहरु पार्टी प्रवेश गरेका थिए।

ओलीले मधेशवादी दलले आफूलाई मधेशविरोधी भनेर प्रचार गरेको भन्दै आफूले हुलाकी सडक बनाउन बजेट दिएको, नागरिकता समस्या समाधान गर्न अध्यादेश ल्याएको जस्ता दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस