शरीरमा किन आउँछ मुसा ? हप्तामा नै गायब पार्न अपनाउनुहोस् यी उपाय

काठमाडौँ । मानिसको छालामा विभिन्न खालका समस्याहरु आउने गर्छ। ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक भाइरसको संक्रमणबाट छालामा आउने रोगलाई मुसा भन्छौं। यसका सयौं प्रजातीका कारणले शरीरको विभिन्न ठाउँमा मुसा आउने गर्दछ। हात, खुट्टा वा गर्धनमा मुसा देखापर्दछ।

मुसाका बिभिन्न प्रकारहरु-१. औला-मुसा हात वा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने गर्दछ। यस प्रकारको मुसाले अन्य स्वास्थ्य समस्या भने दिदैन।२. पैताला-मुसा पैताला वा हत्केलामा आउने गर्दछ। यसले शरीरमा निकै पिडा दिने गर्दछ। हिँड्ने बेलामा पैताला वा हात चलाउँदा हत्केलामा दुखाइ निम्त्याउने गर्दछ।

३. अनुहार-अनुहारमा आउने मुसालाई भेरुका प्लाना भनिन्छ। मुसा स–साना खैरो रंगका हुने गर्दछन्। मुसा अनुहारमा पनि आउने गर्दछन्।४. यौनांगमा सर्ने-विशेषतः घाउ हुनेहरुसँग असुरक्षित सम्पर्क भएपछि यौनांगमा मुसा सर्ने गर्दछ।असुरक्षित सम्पर्क २ सातादेखि १ बर्षको अवधिभित्र देखा पर्न सक्छ। मुसाले गुद्वद्वारको क्यान्सर समेत गराउन सक्छ।

यसको उपचारहरु-१.हातखुट्टामा आउने मुसा केहि समयपछि आफैँ निको हुने गर्दछ। पैताला वा हत्केलामा आएको वा यौनांगमा आउने र अनुहारमा आउने मुसाहरु भने आफैं निको हुँदैनन्। मुसा सरुवा रोगका कारणले हुने गर्दछ।

 

प्रतिक्रिया दिनुहोस