अबदेखि चुनावी तालमेल बिरुद्ध नबोल्न नेता कार्यकर्तालाई काँग्रेसको कडा निर्देशन

बैशाख ४ काठमाण्डौँ । नेपाली काँग्रेसले स्थानीय तहको चुनावमा तालमेलको पक्षमा पुनः प्रतिवद्धता जनाएको छ ।शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान निर्देशन दिएको हो ।

बैठकमा पार्टी उपसभापति तथा समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनका बाध्यता रहेकाले संविधान जोगाउन बनेको गठबन्धनलाई चुनाव सम्म लानु पर्ने आवस्यकताबारे बोध गराएका थिए ।
केपी ओलीले संसद विघटन गरेर प्रतिगमनको झल्को दिएकाले संविधानको रक्षाका लागि बनेको गठबन्धन जोगाउनु पर्ने, सरकार जोगाउनु पर्ने र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी लगायत कतिपय दललाई सडकमा छाड्न काँग्रेसको नैतिकताले नदिने भएकाले तालमेलप्रति प्रतिवद्ध रहन खड्काले निर्देशन दिए ।

पार्टीले सर्वसम्मत ढंगले चुनावमा तालमेल गरेर जाने निष्कर्ष निकालेकाले यसलाई अनुशासनको रुपमा बुझेर काम गर्न पनि खड्काले अपील गरे ।
एक्लै लड्दा काँग्रेसको स्थिति पनि त्यति राम्रो नभएकाले सत्तारुढ गठबन्धनभित्रै तालमेलको आवस्यकतामा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस