होसियार!पानी चलाउदा अथवा नुहाईसकेपछी हात खुट्टाका छाला यसरी चाउरी पर्छन् भने एकचोटी ढिला नहुँदै पढ्नुहोस।

एजेन्सी । नुहाएपछि हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गर्छ। हात, हत्केला, औलाको छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउरिएझै हुन्छ।आखिर यसको कारण के हो ?

केही व्यक्ति बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने बताउँछन्। पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन्। जसले गर्दा छाला खुम्चिन पुग्छ। तर वैज्ञानिक भन्छन्, यो केवल ओस्मोसिस मात्र होइन।

वैज्ञानिकले पत्ता लगाएका छन् कि छालाको जुन हिस्सा चाउरी परेको छ, यदि त्यहाँको केही नसा काटिदिने हो भने त्यसरी चाउरी पर्दैन। यसको मतलब चाउरी परेको छाला यो देखाउछ कि हाम्रो स्नायु प्रणाली बिल्कुल ठिक काम गरिरहेको छ।

अमेरिकी वैज्ञानिक मार्क चान्गिजी भन्छन् कि हाम्रो शरिर बदलियको वातावरण अनुसार आफुलाई पनि परिवर्तन गर्दछ। पानीमा छाला चाउरी पर्नु पनि त्यहि हो, कि हामी चीजहरुलाई ठिक ढंगले समाउन सकौं। सन् २०११ मा मार्केले एक अनुसन्धानको क्रममा यस्तो विशेषता बाँदरमा पनि भेटेका थियो।

प्रतिक्रिया दिनुहोस