उत्कृष्ट चुनावी प्रचार भिडियो बनाउनेलाई २ लाख ७५ हजार दिने कांग्रेस सभापति सेरबहादुर देउवा को घोषणा

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीय प्रचार प्रसारमा सहयोग पुग्ने भिडियो निर्माण गर्नेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

केन्द्रीय प्रचार प्रसार समितिअन्तर्गतको संस्कृति समन्वय उपसमितिले पार्टीको पक्षमा उत्कृष्ट श्रव्यदृश्य (भिडियो) निर्माण गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि २ लाख ७५ हजार रुपैयाँ रहेको छ । समितिका संयोजक डी.बी गुरुङले कांग्रेसको चुनावी प्रचारका लागि निर्माण गरिएका गीतहरूमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्टलाई नगर पुरस्कार दिने बताए ।

यसअघि नेकपा एमालेले पनि चुनावी प्रचारका लागि टिकटक प्रतियोगिता घोषणा गरेको छ । एमालेले उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस