प्रचण्डकी बुहारी पोखराको उपमेयरमा सिफारिस

पोखरा :पोखरा महानगरपालिकामा मेयर/उपमेयर बाँडफाँटका लागि गठबन्धन दलबीच घम्साघम्सी चलिरहँदा माओवादी केन्द्र कास्कीले भने मेयर र उपमेयरका ३/३ जना उम्मेदवार चयन गरेको छ।

ती नामहरू अब प्रदेश कमिटीमा पठाइने माओवादीले जनाएको छ। पोखरा महानगरको सोमबार बसेको बैठकले मेयरको लागि माओवादी कास्की संयोजक बखानसिंह गुरुङ, प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रस्ताव गरेको छ।

उपमेयरमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश त्रिपाठीलाई सिफारिस गरेको छ।

‘गबठन्धनसँग छलफल भैरहको छ । यहाँ कसले टिकट पाउने टुं’गो भएको छैन,’ इन्चार्ज दीपक कोइरालाले भने, ‘हामी एक्लै ल’ड्नु प’रेपनि तयारी अवस्थामा रहेका हौं ।’ सत्तारुढ गठबन्धन कास्कीमा पनि हुने निर्णय यसअघि नै भैसकेको छ । तर गठबन्धन भित्र सहमति भने भएको छैन ।

पोखरामा एकीकृत समाजवादीले दाबी गरेको छ । तर कास्की कांग्रेसले एक विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीसँग तालमेल गर्न नसक्ने जनाएको छ । काठमाडौंमा आज बसेको गठबन्धन दलहरुको बैठकमा पनि पोखरा महानगरबारे सहमति जुट्न सकेन ।

माओवादीले प्रस्ताव गरेकामध्ये विश्वप्रकाश यसअघि २०७४ सालको चुनावमा मेयरको प्रत्यासी थिए। कांग्रेससँग चुनावी तालमेल भएपछि उनले मेयर छाडेका थिए।उपमेयरमा प्रस्तावित गोमा ढकाल भने निर्वाचनमा होमिएकी थिइन्। उनले गएको चुनावमा ८ हजार ७९६ मत ल्याएकी थिइन्।

सिर्जना त्रिपाठी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन्।पोखराको मेयर नेकपा एकीकृत समाजवादीले दाबी गरिरहँदा माओवादी केन्द्र मौन थियो।

गठबन्धनमै रहे पनि माओवादीले के पद माग्छ भन्नेबारे गठबन्धन बैठकमा छलफल नभएको नेपाली कांग्रेसका कास्की सभापति किशोरदत्त बरालले बताउँदै आएका थिए।

तर, कांग्रेसले पोखराको मेयर आफूले र माओवादीलाई उपमेयर दिन तयार रहेको संकेत भने गरेको थियो।यस्तोमा आन्तरिक किचलोमै रुमल्लिएको र लामो समयसम्म महानगरको नेतृत्व चयन गर्न नसकेको माओवादीले पनि मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेपछि गठबन्धनभित्रै पनि माओवादीले उपमेयरमा भाग खोज्ने सम्भावना बढेको छ।

माओवादी केन्द्रले वैशाख ५ गतेभित्र देशका सबै स्थानीय तहका उम्मेदवार सिफारिसका लागि पार्टी कमिटीलाई निर्देशन दिएको थियो।

कांग्रेसले भन्यो- पोखराको मेयर छोड्दैनौं, मैत्रीपूर्ण प्रतिस्पर्धा गरौंकांग्रेस कास्कीका सचिवले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीसँग गठबन्धन नगर्ने सार्वजनिक अपिल गरेपछि पोखरा महानगर समितिले पनि गठबन्धन नगर्ने संकेत गरेको छ । ‘

नगर प्रमुख र उपप्रमुखका लागि आकाक्षीसँग खुल्ला आवेदन माग गरी उम्मेदवार छनोट प्रक्रियाको अन्तिम अवस्थामा रहेको ब्यहोरा सर्वविदितै छ,’ कांग्रेस पोखराले विज्ञप्ति निकालेर भनेको छ, ‘पार्टीका सभापति र महामन्त्रीसँगको भेटमा प्रमुख पद नेपाली कांग्रेसलेने पाउने संकेत प्राप्त भएको अवस्थामा गठबन्धनको कारणले प्रमुख पद अन्य पार्टीलाई परेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

कांग्रेस एक्लै चुनाव लडे पनि प्रमुख र उपप्रमुख सहित धेरै वडामा चुनाव जित्ने भन्दै प्रमुख पद आफूले पाउनुपर्ने अडान कांग्रेसको छ । ‘कांग्रेस एक्लै निर्वाचनमा जादा पनि प्रमुख, उपप्रमुख सहित अधिकांश वडामा समेत नेतृत्वलिन सक्ने अवस्था रहेकोले प्रमुख पद नेपाली कांग्रेसले नै पाउनुपर्नेमा हामी सशक्त दाबेदार हौं,’ अघि भनिएको छ, ‘यसै सन्दर्भमा गठबन्धनमा रहेका दलहरूले आफ्नो हैसियतभन्दा ठूलो माग राखी समय बर्बादी गर्न तल्लीन भएकोले कांग्रेसका उमेदवारको घोषणा गरी सकारात्मक सोचको विकास गर्न आग्रह गर्दछ ।’

सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले गठबन्धन दलबीच संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास र शान्तिपूर्ण निर्वाचनका लागि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस