गायिका बिमा कुमारी दुरा रुदै मिडियामा : आफ्नैले करोडौ ठगेर घर न घाट बनाएर भाग्यो भन्दै पोखिन सबै पिडा (भिडियो सहित)

काठमाडौं :नेपाली मौलिक लोक गीत–संगीत क्षेत्रको एक गर्विलो नाम हो, बिमाकुमारी दुरा । सर्वप्रिय गायिका बिमाकुमारी दुरालाई लोक गीत–संगीत प्रेमीले सप्रेम उपमा दिने गर्छन्,

मखमली आवाजकी धनी । उहाँको आवाज र गायकी नै त्यस्तो छ, सबैको हृदय छोइहाल्ने । जनजनको हृदय छुने खालका गीत मिठो श्वरमा मिठो पारामा गाउन सक्ने खुबीकै कारण आज पनि उहाँ यस क्षेत्रमा निरन्तर क्रियाशील हुनुहुन्छ । चर्चित हुनुहुन्छ । सबैको रोजाइको गायिका हुनुहुन्छ । देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा पनि उहाँ व्यस्त भइरहनुहुन्छ । मिठो श्वर र गायकीमा मात्र नभइ हँसिलो मुहार । शान्त स्वभाव ।

सहयोगी भावनाको पनि उत्तिकै अमिर हुनुहुन्छ, उहाँ । लमजुङको दुराडाँडा तुर्लुङकोट भाँगुमा जन्मिनुभएकी गायिका दुरामा सानैदेखि गायनमा रुचि थियो ।गाउँघरमा मेलापात, उकाली–ओराली भञ्ज्याङ, चौतारी गर्दैगर्दा उहाँ गीत गुनगुनाउनुहुन्थ्यो । प्रेरणाको श्रोत, लमजुङे माटो : वनपाखा, मेलापात नै उहाँका गीत गाउने प्रेरणा हुन् । ‘

गाउँघरमा दाजु दिदीहरुसँग मेलापात, उकाली, ओराली गर्दा उहाँहरुले गाउने गीत छोप्दा–छोप्दै गाउन सिकेँ । गाउन सुरु गरेँ,’ गायिका दुरा भन्नुहुन्छ, ‘लमजुङकै सेरोफेरो, वनपाखा, मेलापात, उकाली–ओराली नै मेरा गायनका प्रेरणाका श्रोत हुन् ।’ त्यसैले त गाउँघर, वनपाखा, मेलापात, उकाली, ओराली,

माया, प्रेम, मिलन, विछोडका साथै नारी वेदना र संवेदनाका भाव छताछुल्ल पोखिएका हुन्छन्, उहाँले गाएका गीतहरुमा । र त उहाँले गाएका थुप्रै गीत आज पनि ताजै छन् । सबैका हृदयमा छन् ।

आफ्नो छुट्टै मौलिक गायन कलाका साथै गीत–संगीतप्रतिको अगाध अनुराग र स्नेहले आज परान्त पनि उहाँको सांगीतिक यात्रा निरन्तर चलिहरेको छ । अघि बढीरहेको छ ।

यिनै गायिका अहिले निकै पिडामा छिन् । भएको एउटा घर लिलामी हुन् लागेपछि उनले मिडिया सामु धरधरी रुँदै आफ्नो ब्याथा पोखेकी छन् । आफ्नैले ठगेर घर न घाटको बनाएपछि उनि बाध्य भएर उनि मिडिया सामु आएकी हुन् । आखिर कस्ले बनायो बिमा कुमारीलाई यो अवस्थामा हेर्नुहोस यहाँ तलको भिडियोमा :

प्रतिक्रिया दिनुहोस