बाहिरियो जेलभित्रबाट पलको अर्को भिडियो, पलसँग विहे गर्ने सहमति पछि बयान फेरेको भनेपछि के भने ?

काठमाडौं ।कलाकार पल शाहले कर णी ग रेको आरोप लगाउँदै अदालत गएकी बालिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको छ । त्यसक्रममा उनले अदालतमा आफूमाथि कर णी नभएको बयान दिएकी छन् ।

उनको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले कर णी न गरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक कर णी ग रेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।

अदालतमा बहस गरेका एक कानून व्यवसायीका अनुसार, नाबालिग गायिकाले अदालतसँगको बयानमा प्रहरीले ज’बर्ज’स्ती विभिन्न कागजजातहरुमा हस्ताक्षर गर्न लगाएको बताएकी छन् । नाबालिगले अचानक अदालतमा बयान फेर्नुले उनलाई होस्टाइल बनाइएको आशंका गरिएको छ । शाहविरुद्ध प्रहरीमा जाहेरी दिएका नाबालिगका बुवाको भने अदालतमा बकपत्र लिन बाँकी छ ।

नाबालिगले तनहुँ र नवलपरासी प्रहरी कार्यालयमा जाहेरी र बयान दिने क्रममा पल शाहले विभिन्न प्रलोभन देखाएर विभिन्न पटक कर णी ग रेको बताएकी थिइन् । पलले समेत तनहुँ जिल्ला अदालतमा बयानको क्रममा आफू म’दि’रा पि’ए’र बि’य’रको बोतल लिएर नाबालिगको कोठामा गएको स्वीकार गरेका थिए । तर, नाबालिगले नै बयान हेरेपछि यो मुद्दा कमजोर बनेको छ ।

नाबालिगले तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । गत फागुन १५ गते शाह स्वयं प्रहरीसमक्ष उपस्थित भएका थिए । नाबालिगका बुबाले ११ फागुनमा तनहुँ र फागुन १५ गते नवलपरासीको प्रहरी कार्यालयमा शाहविरुद्ध किटानी जाहेरी दिएका थिए । पल शाह अहिले अदालतको आदेशमा पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् ।

प्रतिक्रिया दिनुहोस