प्रचण्डकी अर्की बुहारी पनि सिफारिसमा परिन्, पद पाउने पक्का

पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी सिर्जना त्रिपाठी उप–मेयरमा सिफारस भएकी छिन् ।माओवादीको पोखरा नगर कमिटीले उप–मेयरमा त्रिपाठीको नाम सिफारिस गरेको हो ।

महानगर कमिटीको सोमबार सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उप–प्रमुखमा ३–३ जनाको नाम सिफारिस गरेको छ ।माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य रहेकी त्रिपाठी पोखरामा माओवादीको राजनीतिमा सक्रिय छिन् ।

त्रिपाठीको माइती पोखरा उप–महानगरपालिका वडा नं. २५ हेमजामा पर्छ । प्रकाश दाहालको निधन भएपछि त्रिपाठी कास्कीमा बस्दै आएकी छिन् ।

माओवादीले पोखराको मेयरमा बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरेको छ ।उप–मेयरमा सिर्जना त्रिपाठी, गोमा ढकाल र सूर्यप्रकाश तिवारीको नाम सिफारिस भएको छ ।

प्रचण्डले छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा दोहो¥याउन ठूलो कसरत गरेका छन् ।अर्की बुहारी बिना मगरलाई कञ्चनपुरबाट प्रतिनिधि सभाको सांसदमा उठाउने तयारी गरेका छन् ।

परिवारवादमा मोह राख्न प्रचण्डले बुहारी त्रिपाठीलाई पनि लाभको राजनीतिमा छिराउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस