प्रचण्ड भन्छन् :हामि माथि मिलिसकेपछि तल्लो असन्तुष्टिले खासै असर गर्दैन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको चुनावी तालमेलमाथि तल्लो तहमा देखिएको असन्तुष्टिले खासै असर नगर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष दाहालले महानगर र उपमहानगरपालिकाको बाँडफाँड तथा उम्मेदवारी केन्द्रले नै टुंग्याउने सिद्धान्तअनुसार आज साझ टुंगिने बताए। यसमा तल्लो असन्तुष्ट भए पनि खासै फरक नपर्ने उनको जिकिर छ।

‘एउटै पार्टीभित्र त असन्तुष्टि र विरोधले बागी उठ्ने गरेका छन्। गठबन्धनभित्र पनि असन्तुष्टिहरु र विरोधका स्वरुहरु हुनु स्वभाविक हो। यसले तात्विक भिन्नता राख्दैन। मूल नेतृत्वले निर्णय गरिसकेपछि त्यसैअनुसार अगाडि बढ्छ,’ उनले भने।

नगरपालिका, गाउँपालिका र वडा तहमा तल्ला कमिटीलाई सिट बाँडफाँड तथा उम्मेदवार टुंगो लगाउने जिम्मा दिएको भन्दै उनले विवाद भएर रिपोर्ट गरे केन्द्रले सहयोग गर्ने बताए।

प्रतिक्रिया दिनुहोस