एमाले भोलिको सरकारमा जाने शक्ति शालि सरकार हो : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ठूलो दलमात्र नभएर भोलिसको सरकारमा जाने वेइटिङ गर्भमेन्ट भएको दाबी गरेका छन्। पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै उनले एमालेका लागि उक्त कुरा मामुली भएको बताए।

‘नेपालको कम्युनिस्ट आन्दोलन भनेको नेकपा एमाले हो। हाम्रो एजेण्डालाई नेपाली जनताले बुझ्नुभएको छ। एमाले ठूलो दलमात्र होइन, भोलि सरकारमा जाने वेइटिङ गभर्मेन्ट हो। यो कुरा एमालेका लागि मामुली कुरा हो,’ उनले भने।

उनले आफूहरुको महत्वपूर्ण गन्तव्य अर्कै रहेको बताए। ‘हामी नेपाली जनताको अनुहारमा गरिबीका धर्काहरु देख्न सक्दैनौं। सुखी जनता बनाउन चाहन्छौं। गरिबी अभाव नभएको, त्रास, दमन, थिचोमिचो नभएको, शान्तिपूर्ण जीवन, असमानता नभएको समानतामुलक समाज चाहन्छौं,’ उनले भने।

उनले विज्ञान प्रविधिले प्राप्त भएका उपलब्धीहरु समान ढंगले उपयोग गर्न र आफ्नो जीवन सहज सरल सुखी बनाउने पार्टी एमाले भएको बताए। ‘पुर्खाले भनेझैँ सबै सुखी रहनु भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने।

उनले एमाले नेपालीव्यापी र सबैको मनमनमा पुगेको पार्टी भएको बताए। ‘देशव्यापीमात्रै होइन, जहाँ नेपाली छ त्यहाँ एमाले पुगेको छ। सरकार ठूलो कुरा होइन। जालझेल गरेर हटाए। खुसी के माछौं भने जनजनमा एमाले छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस