समुद्रदेखि अन्तरिक्षसम्म पुग्ने एमाले हो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा नेपाललाई समुद्रदेखि अन्तरिक्षसम्म पुर्‍याएको दाबी गरेका छन्।

चुनावी घोषणापत्र समारोहमा ओलीले समुद्रदेखि अन्तरिक्षसम्म पुग्ने एमाले भएको बताए। ‘जनताको सामाजिक सुरक्षा काम गर्ने एमाले हो। समुद्रसम्म पुग्ने अन्तरिक्षसम्म पुग्ने एमाले हो। ठूलो स्टेशन राख्ने एमाले हो,’ उनले भने, ‘चुच्चे नक्सा छाप्ने एमाले हो, हामी राष्ट्रवादको नक्कली कुरा गर्दैनौं। स्वाभिमान अरुलाई बेचेर शासन चलाउने नक्चरो पार्टी एमाले होइन।’

ओलीले चैतभित्र पानी खसाल्छु भनेको मेलम्चीबाट मेलम्चीबाट अब पानी होइन भल आउने बताए। ‘वर्खा लाग्यो, अब बाढी खसाल्छन्,’ उनले भने।

एमालेले निर्वाचन जितेन भने देश र सन्ततिको भविष्य अन्धकार हुने उनको भनाइ थियो। ‘एमाले आयो भने मात्र समृद्ध नेपाल सुखी नेपाली बन्छ,’ उनले भने।

गठबन्धन अहिले एमालेको शक्ति देखेर तर्सिएको र रातभरी ऐंठन हुने ओलीको भनाइ थियो। ‘अर्थतन्त्र पाँच दलले विगारेको छ। बाटा विगारेका छन्। शिलान्यास गरेका अस्पताल अलपत्र परेका छन्। देश बेहालमा छ। कुनै नीति अहिले गठबन्धनसँग छैन। एमालेसँग तर्सिएको छ। एमालेसँग रातभरी ऐठन हुन्छ। झस्किरहन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस