बालेनले गराए उम्मेदवारी दर्ता, ९० हजार ८३५ मत ल्याएर जित्लान् चुनाव ?

काठमाडौं । र्‍यापर बालेन शाहले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । शाहले आइतबार निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

‘हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं’ भन्ने नारासहित समर्थकहरुबीच पुगेका बालेनले मेयरमा उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारीकज चर्चा परिचर्चा देशभर चलेको छ । बालेनले जित्नेसमेत दाबी गर्दै आएका छन् । तीनलाख मतदाता रहेको काठमाडौं महानगरमा ९० हजार ८३५ मत ल्याएर चुनाव जित्ने बालेनको दाबी छ ।

उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिहरूलाई स्वीकार गर्नुपर्ने स्पष्ट पारे । उनले भने, ‘म कांग्रेस र एमालेको भोट काटेर जित्छु ।’

उनले काठमाडौ महानगरपालिकाका मतदातामध्ये डेढ लाख मतदाता स्वतन्त्र रहेकाले आफुले जित्ने आधार त्यही भएको बताए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘तीमध्ये डेढ लाख स्वतन्त्र मतदाता छन् । ९० हजार ८ सय ३५ भोट ल्याएर जित्छु ।’

उनले आफ्नो उम्मेदवारी काठमाडौंबासीका समस्या समाधान गर्न भएको समेत बताए । उनले भने, ‘पहिलाको जस्तो दुख नभोग्ने, खानेपानीको समस्या हुन नदिने मेरा प्राथमिकता हुन् ।’ शाह उम्मेदवारी दर्ता गर्न राष्ट्रिय झण्डा ओढेर आफ्ना समर्थकसहित पुगेका थिए

नेकपा एमालेले समेत चर्चित नेता केशव स्थापितलाई अघि सारेको छ । नेपाली कांग्रेसले प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सार्ने बताइएको छ । यता विवेकशील साझा पार्टीका तर्फबाट समक्षा बाँस्कोटादले उम्मेदवारी दिइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस