हामी माथि मिलिसके पछि तल्लो असन्तुष्टिले खासै असर गर्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको चुनावी तालमेलमाथि तल्लो तहमा देखिएको असन्तुष्टिले खासै असर नगर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष दाहालले महानगर र उपमहानगरपालिकाको बाँडफाँड तथा उम्मेदवारी केन्द्रले नै टुंग्याउने सिद्धान्तअनुसार आज साझ टुंगिने बताए। यसमा तल्लो असन्तुष्ट भए पनि खासै फरक नपर्ने उनको जिकिर छ।

‘एउटै पार्टीभित्र त असन्तुष्टि र विरोधले बागी उठ्ने गरेका छन्। गठबन्धनभित्र पनि असन्तुष्टिहरु र विरोधका स्वरुहरु हुनु स्वभाविक हो। यसले तात्विक भिन्नता राख्दैन। मूल नेतृत्वले निर्णय गरिसकेपछि त्यसैअनुसार अगाडि बढ्छ,’ उनले भने।

नगरपालिका, गाउँपालिका र वडा तहमा तल्ला कमिटीलाई सिट बाँडफाँड तथा उम्मेदवार टुंगो लगाउने जिम्मा दिएको भन्दै उनले विवाद भएर रिपोर्ट गरे केन्द्रले सहयोग गर्ने बताए।

प्रतिक्रिया दिनुहोस