जयशंकरले अन्तर्राष्ट्रिय आतंकवाद भनेकाले पाकिस्तानलाई रिस उठेको त हैन ?

इस्लामाबाद ,पाकिस्ताने, अक्टोबर ३ (एएनआई) भारतका विदेश मन्त्री एस जयशंकरले आफ्नो वडोदरा सम्बोधनमा गरेको टिप्पणीलाई लिएर पाकिस्तान रुष्ट भएको त हैन भन्ने प्रश्न उठेको छ ।

जयशंकरले भारतको आईटी ९सूचना प्रविधि० उद्योगलाई छिमेकी देशको आईटी उद्योग संग तुलना गर्दै अन्तराष्ट्रिय आतंकबाद को संज्ञा दिएका थिए ।

आफ्नो सम्बोधनका क्रममा जयशंकरले भारत सूचना प्रविधिमा विज्ञ भएजस्तै ‘हाम्रो छिमेकी अन्तर्राष्ट्रिय आतंकवादको विशेषज्ञ हो’ भनेका थिए ।

यसै भनाईमा थप्दै उनले यदि आतंकवाद हाम्रो विरुद्धमा भइरहेको छ भने भोलि तिम्रो विरुद्धमा पनि हुनसक्छ भनेर पाकिस्तानलाई चेतावनी पनि दिएका थिए ।

उनले विगतको तुलनामा अहिले आतंकवादबारे विश्वको बुझाइमा परिवर्तन आएको र अबको विश्वले आतंकवादलाई सहन नगर्ने पनि बताए ।

ूआतंकवाद प्रयोग गर्ने देशहरू दबाबमा छन् र अन्ततः आतंकवादलाई प्रश्रय दिने देश पछुताउने भन्दै जयशंकरले भाषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस