काँग्रेसको घोषणा पत्र भनेको गालीपुराँण हो , पागलपनको प्रलाप हो : केपी ओली

बैशाख १३ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेस बिरुद्ध आक्रोश पोखेका छन् । काँग्रेसको घोषणा पत्रमा एमाले र केपी ओली एवं राष्ट्रपतिलाई लक्षित गरेर विभिन्न आरोप लगाईएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

ओलीले काँग्रेसको घोषणा पत्र नभई गाली पुराण भएको भन्दै त्यसमा बिचार र कार्यक्रम नभएको जिकिर गरे । साथै उनले यो पागलपनको प्रलाप भएको पनि तर्क गरे ।

२३ औँ मनमोहन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले काँग्रेससँग देश विकासको नीति र बिचार नभएको भन्दै देउवाको समेत आलोचना गरे ।साथै माओवादी र एकीकृत

समाजवादीप्रति पनि उनले आक्रोश व्यक्त गर्दै प्रचण्ड र माधव नेपाल केशर जंग रायमाझी जस्ता भएको टिप्पणी गरे ।माओवादीसँग अब जनतासँग बोल्ने झुट पनि बाँकी नरहेको र एकीकृत समाजवादीसँग कुनै तुक नभएको उनको जिकिर छ ।
अबको निर्वाचनमा एमालेले बहुमत ल्याउने पनि ओलीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस