बाबुराम भट्टराईले गरे वृद्धभत्ता नलिने घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।

बजेटपछि संसदबाहिर सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले बजेटमा आगामी आर्थिक वर्षदेखि लागू गर्न लागिएको ६८ वर्षदेखि वृद्धभत्ता दिने निर्णय गलत भएको बताउँदै आफुले नलिने घोषणा गरेका हुन् । उनले भने ‘अब म पनि ६८ वर्ष पुग्दैछु । गरिब देशको नागरिकले ६८ वर्षदेखि वृद्धभत्ता लिन मेरो नैतिकताले दिएन, त्यसैले म वृद्धभत्ता नलिने घोषणा गर्छु ।’

समग्र रूपमा बजेट सकारात्मक भए पनि सामाजिक सुरक्षामा धेरै जोड दिनु गलत भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस