प्रचण्डलाई पौडेलको जवाफ- हार्छौं तर जनताविरुद्ध जाँदैनौं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस हार व्यहोर्न तयार रहेको तर राष्ट्र र जनताको विरुद्ध उभिन तयार नरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै नेता पौडेलले इतिहासमा धेरैपटक कांग्रेसले हारेर पनि देश र जनता बचाउने काम गरेको बताएका हुन् ।

प्रचण्डले आज माओवादी जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ‘कांग्रेसले अहंकार बढाएमा एमालेलाई झै ठेगान लगाउने’ बताएका थिए ।

ट्वीटरमा प्रचण्डलाई मेन्सन गर्दै पौडेलले लेखेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं !’

प्रतिक्रिया दिनुहोस