कांग्रेसलाई प्रचण्डको चेतावनी- एमालेलाई जस्तै ठेगान लगाउने दिन नआओस्

काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

उनले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको भन्दै कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताए ।आफूले गठबन्धन कायम राखेरै जान चाहेको तर कांग्रेसमा पनि एमालेमा जस्तै अहंकारको संकेत देखिएको प्रचण्डको भनाइ थियो ।

पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेको लिडरसिपमा अति धेरै अहंकार आयो । अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानन्त्री बनायौं ।

मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौं । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’

प्रतिक्रिया दिनुहोस