पलको एक्कासी आयो खुशीको खबर पल अब जिल्लाबाटै छुटने पक्का दाइले खोले पैसाको चलखेल र वकील फेर्ने कुरा (भिडियो सहित)

नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पूर्णविक्रम शाह (पल शाह)को मुद्दा नटुंगिदै थुनामुक्त हुने चाहनामा तत्कालका लागि विराम लागेको छ। जबरजस्ती करणीको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँ र नवलपुरकको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगेका शाहले फेरि थुनामै बस्नुपर्ने भएको छ।

शाहको निवेदनमा माग गरिएअनुसार धरौटी वा साधारण तारेखमा रिहा नगरेर उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने दुवै जिल्ला अदालतको थुनछेक आदेशलाई सदर गरिदिएको छ। उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको बिहीबारको इजलासले शाहलाई थुनामा पठाउने दुई जिल्ला अदालतको आदेश बेरितको नदेखिएको भन्दै परिवर्तन गर्नु नपर्ने ठहर गरिदियो।

प्रतिक्रिया दिनुहोस