वडाध्यक्ष प्रत्यक्ष निर्वाचित, सदस्यहरु मनोनीत गर्ने कुरा आएको छ- माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन प्रणालीमा परिर्वतन आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आइतबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले स्थानीय तहसम्बन्धी कानूनमा संशोधन गर्नेबारे विभिन्न कोणबाट कुराहरु उठिरहेको र आगामी संघीय निर्वाचनपछि त्यसले निकास दिने बताए ।

नेपालले भने, ‘स्थानीय तहमा वडाध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने र सदस्यहरु चुनावपछि मनोनीत गर्ने कुरा पनि छलफलमा आएका छन् । मत बदरको संख्या पनि अत्यधिक भयो । चुनावको प्रणालीमै पनि समस्या छन् ।’

नेपालले काठमाडौं महानगरपालिकासहित इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा नेकपा एसका उम्मेदवार बदर मतका कारण हारेको दावीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस