पुरुषको भेष लिएर महिलासँग विवाह, अन्ततः कपडा खोल्न भनेपछि…

काठमाडौं। इन्डोनेसियामा एक महिलाले आफू पुरुषभन्दै एक महिलासँग विवाह गरेका थिए।

यद्यपी विवाहको १० महिनापछि अन्ततः ती पुरुषको भेष बदलिएर बसेका व्यक्ति महिला नै भएको पुष्टि भएको छ।

यतिबेला २२ वर्षकी एनए नामकी महिलाले आफ्ना श्रीमान भनिएका महिलाविरुद्ध ठगीको मुद्दा दर्ता गरेकी छिन्।

पुरुषको भेषमा महिलासँग विहे गर्ने महिलाले आफू अमेरिकाबाट डाक्टर पढेर आएको हुँ भन्थे।

यद्यपी उनको झुट धेरैबेर टिक्न सकेन। नुहाउँदा जहिल्यै कपडा लगाएरै नुहाएपछि एनएकी आमालाई शंका लागेको थियो।

माथिको कपडा खोलेर नुहाउन दबाब दिइएपछि अन्ततः उनी महिला नै भएको पुष्टि भएको हो।

ती महिलाले एनएसँग विवाह गर्दा परिवार समेत ल्याएका थिएनन् साथै उनी घर जान मान्दैन थिए।

सासुको शंकाको घेरामा भने उनी सँधै रहेका थिए। प्रहरीका अनुसार एनए र भेष बदल्ने महिलाबीचको यौन सम्बन्ध पनि राम्रैसँग चलिरहेको थियो।

अनुसन्धानका क्रममा ती महिलाले आफूले यौन सम्बन्धका लागि हात मात्र प्रयोग गरेको स्वीकार गरेका छन्। डेलीमेल

प्रतिक्रिया दिनुहोस